बेलबारी- मोरङ बेलबारी ८ निवासी बिपन दाहाल र उनका ६ वर्षीय भतिजाको दुर्घटनामा परी मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ईटहरी १२ खनारस्थित रिलायन्स मिलस्थित कोशी राजमार्गमा इटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको प्रदेश -१-०२-००१ क ३९७८ नम्बरको ट्रकले विराटनगरबाट आउदै गरेको प्रदेश १-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक २५ बर्षिय को बिपन र उनकै दाजु अनाज दाहालका छोरा ६ बर्षिय अबि दाहालको मृत्यु भएको हो ।
दुर्घटनामा अर्का एक युवा पनि घाईते भएको र उनको कोशी हस्पिटल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक ईटहरी २ बस्ने वर्ष ३० को प्रदिप कोईरालालाइ ईप्रका ईटहरीले नियन्त्रणमा लिएको छ।



