बिर्तामोड - नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन तय भएसंगै आकांक्षीहरुको लेखाजोखा शुरु भएको छ । 

एमाले जिल्ला कमिटीको शनिवार बसेको नवौं पूर्ण बैठकले ११ औं जिल्ला अधिवेशन चैत १५ र १६ गते बिर्तामोडमा गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक तयारी  अगाडि बढाउने निर्णय गरेको छ ।  जिल्ला अधिवेशनले एमाले झापाको नयाँ नेतृत्व चयन गर्नेछ। 

अधिवेशनको मिति टुङ्गो लागेसँगै आकांक्षीहरुको चर्चा शुरु भएको छ । एमाले झापाको अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र शिव ढुङगेल आकांक्षी छन् । अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमाले झापाका युवा नेता देशबन्धु ढुङगेलले जानकारी दिए ।