काठमाडौं - नेकपा (एकीकृत समाजवादी) मोरङ - काठमाडौं सम्पर्क मञ्चको कमिटी गठन भएको छ । सम्पर्क मञ्चको शनिबार काठमाडौंमा सम्पन्न भएको १३औं सम्मेलन बाट चन्द्र ढकाल "झापाली" को नेतृत्वमा २७ सदस्यिय कमिटी चयन गरिएको हो ।
उक्त कमिटी गठन नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य तथा कोशी सम्पर्क कमिटी ईन्चार्ज अम्बिका थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।




















