विराटचोक - साइकल यात्रीलाई ठक्कर दिने बसलाई सर्लाहीका स्थानीयवासीले आगो लगाइदिएका छन्।
ग २ ख १४४० नम्बरको बसले मलंगवातर्फ जाने क्रममा सोमबार दिउँसो साढे १० बजेतिर कविलासी नगरपालिका १० सलेमपुरमा साइकलमा यात्रा गरिरहेका स्थानीय जुगल महतोलाई ठक्कर दिएको थियो।
ठक्करबाट जुगल गम्भीर घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।
घाइते महतो प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि ग्वार्कोस्थित विएण्डबी अस्पतालमा उपचार भइ रहेको सर्लाहीका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।


