काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । पार्टी अध्यक्षसमेत रहेकी संसदीय दलकी नेता चौधरीले ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेकी छिन् ।
श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन)ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’
तर यता पार्टीका जेष्ठ सदस्य तथा वार्ता समिती संयोजक दामोदर पण्डीतले अध्यक्ष रञ्जिताको विज्ञप्तीलाई काउन्ट दिएका छन् । उनले जारी गरेको विज्ञप्तीमा नयाँ गठबन्धन सरकारमा तत्काल सहभागी नहुने र समर्थन नगर्ने भनिएको छ । यस्तै प्रदेश सरकारको हकमा संवाद गरेर अगाडी बढ्ने उल्लेख छ । नागरिक उन्मुक्ति पार्टी नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी छ ।




















