काठमाडौं - अधिवक्ता सुहाङ नेम्वाङ नेकपा एमालेको कानुन विभाग सदस्यमा मनोनीत भएका छन । एमाले महासचिव शंकर पाेखरेलका अनुसार गत फागुन ३ गते बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले नेम्वाङलाई कानुन विभाग सदस्यमा मनोनीत गरेको हाे ।
सुहाङ एमालेका दिवंगत उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुनुहुन्छ । सुहाङ स्पाेर्टिङ इलाम एफसीका अध्यक्ष समेत हुन ।
सुहाङ इलाम-२ मा हुने उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी समेत रहेका छन् ।




















