- हेमकुमार बस्नेत
लेटाङ - मोरङको लेटाङ नगरपालिकामा पर्ने मध्य पहाडी कृषि मार्गको स्थलगत अवलोकन तथा अनुगमन गरिएको छ । लेटाङ नगरपालिकाका मेयर भुपेन्द्र कुमार लावतीको अगुवाईमा कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जगेवु समेतको टोलीले मंगलबार अवलोकन तथा अनुगमन गरेको हो ।
ईलाम र पांचथर जिल्लालाई छुंदै मिक्लाजुंङ, लेटाङ, केरावारी, सुनसरी हुंदै धनकुटासंग जोड्ने उक्त सडक प्रदेशको लागि रणनीतिक सडक रहेको मेयर लावतीले जानाकारी दिए । साथै उक्त सडक निर्माणका लागि पहल गर्न अवलोकन तथा अनुगमन गरिएको लावतीले बताए ।
उक्त सडक अवलोकनको क्रममा भौतिक योजना मन्त्री जबेगुले सडक स्तरोन्नती गरी त्यहाँको खोलाहरुमा ट्रष्ट ब्रिज निर्माणका लागि पहल गर्ने बताएका छन् । त्यसैगरी पुर्वाधार बिकास निर्देशनालयका डि.ई श्रेष्ठले उक्त सडकको तत्कालै सडक स्तरोन्नति गर्नुपर्ने, ह्वाईटनीगं गर्नुपर्ने, लुपहरु मिलाउनु पर्ने , खोलानालामा पुल पुलेसाहरुको तत्काल निर्माण गरिनु पर्ने बताएका छन्।
लेटाङ नगरपालिका क्षेत्रको उक्त सडक अन्तरगत लेटाङ नगरपालिका वडा न.७ चाम्लिङ टोल देखि वारङ्गी जोड्ने झाँक्री खोला, वारङ्गी र फुर्केटार जोड्ने गम्बिरे चिसाङ खोला, लेटाङ नगरपालिका वडा नं ७ फुर्केटार र केराबारी वडा नं २ फाइबा जोड्ने ताचुवा खोला र मिक्लाजुङ वडा नं १ देखि लेटाङ नगरपालिका वडा नं ७ जोड्ने काली खोलामा ट्रष्ट ब्रिज निर्माण गर्न आवश्यक रहेको टोलीले निष्कर्ष निकालेको छ ।
उक्त अवलोकन तथा अनुगमन टोलीमा प्रदेश सांसद खड्ग बहादुर बस्नेत, पुर्वाधार बिकास निर्देशनालयका डि.ई. शुशिल श्रेष्ठ, ७ न.वडा अध्यक्ष खगेन्द्र लिम्बु , प्राबिधिकहरु र पत्रकार सहितको टोली रहेको थियो ।



