काठमाडौँ - नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समितिको संख्या झन्डै एक हजार पुगेको छ । शनिवार नेविसंघमा  ४१ जना सदस्य थपिए पछि सदस्य संख्या एक हजार नजिक पुगेको हो ।

गत साउन २३ गते ७१० जना केन्द्रीय सदस्य मनोनीत गरिएपछि पनि अझै  केन्द्रीय सदस्यको आकांक्षी बढ्दै गएपछि सदस्य संख्या एक हजार सम्म पुग्ने अवस्था देखिएको नेविसंघका एक नेताले बताए ।

दुई वर्षअघि २०७८ चैत ९ गते सभापति देउवाले रिक्त रहेको नेविसंघमा शेर्पालाई अध्यक्ष नियुक्त गरेका थिए। सोही समिति बढ्दै गएको छ । सोही समितिमा समेटिनुपर्ने व्यक्ति छुटेको आवाज उठिरहेको थियो। यसैक्रममा केन्द्रीय समिति विस्तार भएको सात महिनापछि केन्द्रीय समिति बैठकको आह्वान गरिएको थियो।

केन्द्रीय समितिमा  ४१ जना थपिएसँगै अध्यक्ष शेर्पासहित नेविसंघको केन्द्र ७५२ सदस्यीय बनेको छ। यद्यपि केहीले राजीनामा दिएको बताइन्छ।