काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन्।
सोमबार दिउँसो प्रसाईंकाे मुद्दामा सुनुवाइ भइरहेको बेला अत्याधुनिक हतियारसहित खड्कालाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा सुरक्षार्थ खटिएका प्रहरीले खड्कालाई नियन्त्रणमा लिएका थिए ।
झापाको बुद्धशान्ति गाउँपालिका-३ घर भएका खड्का प्रसाईंसँगै सर्वोच्चमा पुगेका थिए। सर्वोच्च अदालत परिसरमा पक्राउ परेका प्रसाईंका बडीगार्ड माओवादी पूर्वलडाकु रहेको खुलेको छ । खड्कासंगै रामकुमार धिमाल पनि क्राउ परेका छन् ।
ह प्रहरीका अनुसार क्राउ परेका अर्मेरिया पारिनी एसआरएल-इटाली, मेडन इन जर्मनी-जीएसजी-५ लेखिएको हतियार बरामद भएको छ ।हतियारका साथमा २-२ वटा सानो र ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउन्ड गोली बरामद भएको सर्वोच्च अदालत सुरक्षा स्रोतले जानकारी दिएकाे छ । सन् २००७ मा उत्पादन सुरु भएको यो हतियार रिमफायर ‘सेमिअटोमेटिक’ राइफल समूहमा पर्छ ।
झापाका जिल्ला प्रशासन प्रमुख (सीडीओ) बन्धुप्रसाद बास्तोलाले प्रसाईंले निजी सुरक्षाका लागि हतियार बोक्ने अनुमति लिएको बताए । प्रसाइले बोक्न अनुमति लिएको हतियार के प्रयाेजनका लागि बोकिएको हाे भन्ने बारे अन्ुसन्धान भइरहेकाे प्रहरी स्राेतले जनाएकाे छ ।


