"बन्छ, बनाउनुपर्छ यो हाम्रो अभिभारा हो, सकिन्छ, सक्नुपर्छ यो हाम्रो जिम्मेवारी हो" भन्ने नारा (स्लोगन) लिएका आचार्यले आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर ६ का विभिन्न स्थान भ्रमण गरेका हुन् ।
जनतासँग भेटघाट तथा विभिन्न योजनाहरुको अनुगमन गर्ने क्रममा आचार्यले सुन्दरहररैँचा नगरपालिका अन्तर्गत पर्ने, मृगौलिया, गोठगाउँ, बलिया आदि क्षेत्र र आसपासका जनताहरुसँग भेटधाट गरेका छन् ।
जनता भेटघाट कार्यक्रमका क्रममा बलिया क्षेत्र पुगेका आचार्यले सुन्दरहरैचाका टेम्पो तथा सिटी सफारी ब्यबशायीहरुसँग पनि भेटघाट गरेका थिए । व्यवसायीहरुले ईटहरी नगरपालिकाका सिटी सफारीवालाहरुले सुन्दरहरैँचाका सफारीहरुलाइ यात्रु लिएर इटहरी आवतजावत गर्न नदिएर अन्याय र ज्याजति गरेको तर सुन्दरहरैँचाका नगरप्रमुख लगायतका जनप्रतिनिधिहरुले समस्या समाधानको लागि पर्याप्त ध्यान नदिएको गुनासो गरेका थिए । आचार्यले व्यवसायीरुलाई सो समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने वचन दिएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा अनुगमन तथा जनता भेटघाट वा भलाकुसारी गरी आगामी वर्षका योजना सम्बन्धी सुझाब समेत संकलन गरेको प्रदेश सांसद आचार्यले बताए । गाउँ भ्रमणका क्रममा पुर्वमन्त्री बिजय बिश्वास, लता न्यौपाने, दिक्षान्त भट्टराई, इश्वरी आचार्य लगायत माओवादीका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।
आचार्यले हरैँचामा रहेकोे सुन्दरहरैँचा नगर हस्पिटललाई बजेट बिनियोजन गराई अझै ब्यबस्थित र साधन स्रोतयुक्त बनाउन पहिल गर्ने बताएका छन् ।
यो देशमा केहि हुँदैन भन्ने युवावर्गमा आशा जगाउँदै आचार्यले भेटघाटको क्रममा भने हामी तपांईको साथमा छौं अघि बढ्नुस, भन्दै युवाहरुलाइ उत्साहित बनाउने प्रयास गरेका थिए ।
सांसद आचार्यको निर्वाचन क्षेत्र अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाको ६ ओटा वडाहरु पर्दछन ।




















