- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको छ । केजरीवालकी पत्नी सुनिता केजरीवालले पत्रकार सम्मेलनमा राष्ट्रका नाममा आफ्ना पतिको सन्देश पढेर सुनाइन् ।
नयाँ दिल्ली — दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेपछि उनकी श्रीमती सुनिता केजरीवालले पत्रकार सम्मेलन गरेकी छन । पत्रकार सम्मेलनमा क्रममा श्रीमती केजरीवालले आफ्ना श्रीमान् केजरीवालले जेलबाट पठाएको सन्देश जनतासामु पढेर सुनाइन् ।
उनले आफ्नो श्रीमानलाई करोडौं जनताको प्रार्थना रहेको बताइन । दिल्लीका जनताले केजरीवालको लागि मन्दिरमा गएर प्रार्थना गरेको कुरा बताएकी छन् । केजरीवालले आफ्नो हरेक बाचाहरु निभाएका छन् । केजरीवाल बहुत मजबूत हछन र फालामले बनेका छन ।
आफ्नो सन्देशमा जनतालाई के भने केजरीवालले ?
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले म जेल जादाँ समाज कल्याण र जनहितको काम न रोक्नु भन्दै आम आदमी पार्टीका सबै कार्यकर्ताहरूलाई अपिल गरेका छन । उनले भाजपाका मानिसहरूलाई घृणा नगर्न अनुरोध गरेका छन । उनीहरु हाम्रा दाजुभाइ दिदीबहिनी हुन् भनेका छन् । म छिटै फर्किने छु'-उनले भनेका छन् ।
त्यस्तै केजरीवालले भने, 'भारत भित्र र बाहिरका शक्तिहरूले देशलाई कमजोर बनाउँदैछन । हामीले सचेत हुनुपर्छ, यी शक्तिहरूलाई चिन्नुपर्छ र उनीहरूलाई परास्त गर्नुपर्छ। दिल्लीका महिलाले सोचिरहेका होलान् केजरीवाल जेलमा छन् । कुन जानता हुन् उनीहरुले १ एक हजार रुपयाँ पाएकी पाएनन । म उनीहरूलाई अपील गर्छुकी आफ्ना भाइ, छोरालाई विश्वास गर्न आग्रह गर्न । यस्तो कुनै जेल छैन लामो समयसम्मराख्ने । म छिट्टै बाहिर आउनेछु र मेरो वचन पूरा गर्नेछु। एजेन्सी


