पथरी शनिश्चरे २ साउन । मोरङको पथरी शनिश्चरे नगरपालिकाको शाखा प्रमुखहरुको नियमित बैठक बसी आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजित भएका योजनाहरुको बारेमा समीक्षा गरिएको छ ।

प्रत्येक महिनाको पहिलो शुक्रबार हुने पछिल्लो सो नियमित बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले कर्मचारीहरुको पारदर्शीपन, एकता र स्थानीयको समन्वयमा योजनाहरु प्रभावकारी रुपमा सम्पन्न गर्न सहज हुने बताउँदै निरन्तर कसिलो एकता, पारदर्शिता र समन्वयका लागि निर्देशनात्मक सुझाव दिनुभयो ।

प्रत्येक शाखा प्रमुखहरुले आफ्नो मातहतका योजनाहरुको कार्यप्रगति विवरण सहित नयाँ आर्थिक वर्षमा थप प्रभावकारी रुपमा कार्यसम्पादनमा अग्रसर कुरा उल्लेख गर्नुभयो ।