काठमाडौं,३० असार । नेकपा एमालेका युवा नेता दामोदर अर्यालले सिद्धान्त कम्युनिष्ट पार्टीको आत्मा हो यो बिनाको कम्युनिस्ट पार्टी अन्य बुर्जुवा पार्टी सरह हुन्छ र त्यसले परिणाम नदिने बताएका छन । अनलाइन सगरमाथा संगको कुराकानीमा जब पार्टीभित्र बिचारको बहस बन्द हुन्छ तब कम्युनिस्ट प्रधानमन्त्री भएको बालुवाटारबाट राम र हनुमानकाे मुर्तिको यात्रा चितवन तिर लाग्छ र पार्टीका होनहार नेताहरु रामनामी ओडेर रथयात्राको अगुवाइ गर्ने गरेको कुरा नेता अर्यालले बताए ।

उनले भने पशुपतिमा सुनको जलहरी चढाइन्छ,होलिवाईनको लागि प्रधानमन्त्री सोल्टि हाेटल पुग्छन ,पार्टी केन्द्रिय कमिटीमा धर्म निरपेक्षताको विरुद्धमा प्रस्ताब पेश हुन्छ,अदालत र यसको फैसलाका विरुद्ध सडकमा टायर बालिन्छ ।राजनैतिक प्रशिक्षण बन्द हुन्छ, ब्यक्तिकाे महिमा गाइन्छ,पार्टीको जिल्ला अध्यक्ष प्रधानमन्त्री निवासबाट नियुक्ति गरिन्छन ।

भेटन आउनेहरु जति सबै केन्द्रीय सदस्यहरु बनाइन्छ्न । पार्टी अध्यक्ष स्वयं पार्टीका बैठक बहिष्कार गर्छन ,बिदेशीहरुसंग गोप्य मन्त्रणा गरिन्छ नागारिकता बिक्रिमा राखिन्छ अहिले एमालेको समस्या यहि भएको उनले बताए । तसर्थ सडकमा टायर बाल्न छाेडेर एमालेलाई बलियाे सिद्धांतनिष्ठ कम्युनिस्ट पार्टी बनाउन पहल गर्न जोड दिनु पर्ने नेता अर्यालले बताए ।