काठमाडौं — नेकपा एमालेकाे सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमालेले सचिवालय बैठक बाेलाएकाे हाे ।

बैठकमा देशकाे पछिल्लाे राजनीतिक अवस्था, समसामयिक परिस्थिति, पार्टीकाे आन्तरिक जीवन, आगामी वैशाखमा हुने उपचुनाव लगायत विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए  ।

समाजवादी माेर्चामा सहभागी हुने-नहुनेबारे बैठकले औपचारिक निर्णय गर्न सक्ने बताइएकाे छ । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले समाजवादी माेर्चामा सहभागी नहुने बताइसकेका  छन  ।

विषादी वितरणमा बेलबारी नगरका कर्मचारीको मनोमानी,खाली हात फर्कन्छन् किसान