काठमाडौं — सहकारी ठगी प्रकरणको कुराले गृहमन्त्री रवि लामिछानेलाई निकै तनाब बनाउने गरेको छ । सहकारी ठगी प्रकरणमा उनको नाम पनि जोडिएको कुरा चर्चामा छ । यही कुरालाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जोरतोरका उनी विरुद्द खानिदा निकै तनाबमा परेका छन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध प्रशस्त प्रमाणहरू रहेको भनेर संसदीय छानविन समिति गठनको माग गरेपछि लामिछाने डराएका छन् । लामिछाने बरबराउन थालेका छन् ।
सहकारी पीडितका लागि प्रतिनिधि सभामा कांग्रेसले छानविन समितिको माग राखेर जबरजस्त रुपमा अडान राखेपछि गृहमन्त्री लामिछानेको सातोपुत्लो उडेको छ । लामिछानेले कांग्रेसका नेताहरूविरुद्ध व्यक्तिगत रुपमा आलोचना र टिकाटिप्पणीमा उत्रिन थालेका छन् ।
हतास मनस्थितिमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि निकै तल्लोस्तरमा उत्रिएर टिप्पणी गरेका छन् ।
थापालाई उनले बाख्रा प्रकरणसँग जोडेर होच्याउने हर्कत गरेका छन् । त्यति मात्रै होइन महामन्त्री थापालाई काठमाडौं क्षेत्र नं. ४ मा बहस गर्न तयार रहेको चुनौती दिएका छन् ।
तर गृहमन्त्री लामिछानेलाई के जानकारी हुनुपर्छ भने अमेरिकामा उनले भौतारिरहेकाका बेला थापाले नेविसंघबाट राजनीति शुरु गरिरहेका थिए ।
महामन्त्री थापा दुई वटा नागरिकता र राहदानी कीर्ते काण्डमा जोडिएका छैनन् । सहकारीको रकम दुरुपयोग प्रकरणमा जोडिएका छैनन् । थापाले कसैसँग बार्गेनिङ पनि गरेका छैनन् । अमेरिकामा पुगेर धेरै मान्छेलाई ठगी पनि गरेका छैनन् ।
कांग्रेसले आलोचना गरेपछि बरबराउन थालेका गृहमन्त्री लामिछानेको कीर्ते काण्डहरू थुप्रै छन् । आफ्नो आलोचना भएको सुन्नै नसक्ने लामिछानेले आफूलाई सम्हाल्नुपर्छ ।
विगतमा जस्तो लामिछानेको पक्षमा जनता छैनन् । कीर्ते काण्ड, सहकारी काण्ड, अमेरिका काण्ड लगायतका काण्डै काण्ड बाहिर आउन थालेपछि लामिछानेको लोकप्रियतामा क्रमशः ह्रास आउन थालेको छ । यो कुरा राम्रोसँग लामिछानेले बुझ्न जरुरी छ ।




















