काठमाडौं — नेकपा एमालेले आउँदो उपनिर्वाचनका लागि इलाम २ का उम्मेदवार बनाएका सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुराेध गर्ने भएको छ ।
पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताए । उनले भने, ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’
रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको छ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुने तय भएको छ । आज (आइतबार) बसेको एमालेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको उप निर्वाचनमा सुहाङलाई र बझाङ प्रदेशसभा उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
सुहाङ पुर्व सभामुख तथा एमाले नेता स्व. सुवास नेम्बाङका छोरा हुन् । बझाङ र इलाममा वैशाख १५ गते उप-निर्वाचन हुदैंछ ।




















