धनकुटामा पहिलो पटक प्रदेश मन्त्रीपरिषदको बैठक वस्ने भएको छ । 

   धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा पहिलो पटक चैत्र १३ गते मंगलवार कोशी प्रदेशको मन्त्री परिषद बैठक वस्ने भएको हो । 

२०७४ सालमा शेरधन राईको नेतृत्वमा गठन भएको सरकारले मुख्य मन्त्रीको सम्पर्क कार्यालय धनकुटामा उद्घाटन गरेका थिए । तर यहाँबाट हालसम्म कुनै काम भएका छैनन् भने मुख्य मन्त्रीहरु पनि आउने गरेका छैनन्   । यहाँ  नाममात्रको कार्यालय रहेकोमा कांग्रेसका नेता केदार कार्कीको नेतृत्वको बर्तमान  कोशी प्रदेश सरकारले केही महिना अघि  महिनाको एक पटक धनकुटामा मन्त्री परिषद बैठक बस्ने घोषणा गरेको थियो ।  

राणाकालको गैडा पञ्चायतमा पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र, प्रजातन्त्रकालमा समेत विकास क्षेत्रको राजधानी भएको धनकुटा गाणतन्त्रपछि प्रदेशको राजधानी समेत  विराटनगर लग्नाले धनकुटा झन् झन्  सक्दै गएको र धनकुटाको पहिचान र अस्तित्व समाप्त पार्न खोजिएको भन्दै नेपाली कांग्रेस धनकुटाले केही महिना अघि धनकुटाको बिकासका लागि  धनकुटामा १ सय बेडका अस्पताल सहित शिक्षिण अस्पाल, पर्यटन क्षेत्रको केन्द्र बाउने लगायका विभिन्न योजनाहरु संचालन गर्न अनुरोध गर्दै विभिन्न माग सहित मुख्यमन्त्री केदार कार्कीलाई मागपत्र बुझाएको थियो । त्यसैबेला मुख्यमन्त्री कार्कीले धनकुटालाई पुर्नजिवित गर्न विशेष पहल गर्ने र प्रत्येक महिना धनकुटामा प्रदेश सरकारको बैठक बस्ने आश्वासन दिएका थिए । 

कोशी प्रदेशको पहिलो पटक धनकुटामा मन्त्री परिषदको बैठक वस्न लागेकोमा नेपाली कांग्रेस धनकुटाले सम्पूर्ण धनकुटाबासीलाई घर घरमा कलस तथा चौक चौकमा स्वागत व्यानर राख्न अपिल गरेको छ ।

     नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई ,जिल्ला सचिव विजय सन्तोषी राई र जयन्द्र घििसगले  संयूक्त रुपमा विज्ञप्ती प्रकाशित गरी कांग्रेस नेता केदार कार्कीको नेतृत्वमा गठिन प्रदेश सरकारले धनकुटाको सम्पर्क कार्यालयमा पहिलो पटक मन्त्री परिषदको बैठक राखेकोमा प्रदेश सरकारलाई धन्यवाद दिँदै चैत १३ गते सवै धनकुटा नगरवासी तथा  जिल्लावासीहरुमा प्रदेश सरकारलाई भव्य रुपमा स्वागत गर्न अपील गरेका हुन्  ।

कांग्रेस धनकुटाले चैत्र १३ गते १ बजे नेपाली कांग्रेस पार्टी कार्यालय धनकुटामा मुख्य मन्त्री केदार कार्की लगायत प्रदेशका मन्त्रीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गर्ने भन्दै सवैलाई उपस्थितिको लागि  अनुरोध गरेको छ ।