काठमाडौं — आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइवा धरौटीमा रिहा भएकी छन् । उनी गत फागुन १६ गते कुटपिटको आरोपमा बाह्रबिसेबाट पक्राउ परेकी थिइन् । २६ दिनको हिरासतपछि उनी आज धरौटीमा रिहा भएकी हुन् ।
म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले वाइवाविरुद्ध प्रहरीमा कुटपिटको उजुरी दिएका थिए । महाराजगञ्ज बृत्तको टोलीले उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो ।
प्रहरीले उनीविरुद्ध कुटपिट, अंगभंग र साइबर अपराधसहित दुईवटा मुद्दा चलाइएको थियो । ती दुईमध्ये कुटपिट अंगभंगमा १० हजार र साइबरसम्बन्धी अपराधमा २५ हजार धरौटी बुझाएर उनी सोमबार नै छुटेको बताइएको छ ।
म्याकुरीले आफूलाई फसाउनको लागि वाइवाले २५ लाखको डिल गरेको समेत आरोप लगाएका थिए । वाइवाकै कारण आफू र श्रीमती सुम्निमा खालिङको बीचमा सम्बन्धमा दरार आएको पनि म्याकुरीको निरन्तर आरोप छ ।


