एजेन्सी —   दिल्ली उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवाललाई कुनै पनि राहत दिन अस्वीकार गरेको छ। उनलाई जमानतमा छाड्न अदालतले अस्विकार गरेको छ। 

मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा मार्च २१ को राती हिरासतमा लिइएको थियो। भोलिपल्ट उनलाई अदालतमा पेश गरियो र अदालतले उनलाई मार्च २८ सम्म ईडी हिरासतमा पठाएको थियो।

२१ मार्चको राति सीएम केजरीवाललाई ईडीले नयाँ दिल्लीस्थित उनको निवासबाट पक्राउ गरेको थियो। उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ।

प्रवर्तन निदेशालय (ईडी) ले २२ मार्चमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रक्सी घोटालाको मुख्य ‘षड्यन्त्रकारी’ भएको बताएको थियो । अर्को सुनुवाई अप्रिल ३ मा हुने वताइएको छ ।