काठमाडौं  — रोल्पाको राप्रपा नेता यज्ञहादुर बुढाथोकी नेकपा एमालेमा प्रवेश गरेका छन्  । कर्णालीसहित मुलुक निर्माणको नेतृत्व नेकपा एमालेले मात्रै गर्न सक्छ भन्ने यथार्थ प्रष्ट भएको भन्दै बुढाथोकी बिहिबार  एमाले प्रवेश गरेका हुन् ।

रोप्लामा लामो समयदेखि राजनीतिमा स्थापित बुढाथोकी हालको लुङरी गाउँपालिका वडा नं ६ (गुम्चाल गाविस) रोल्पाका २०४३ देखि २०४६ सम्म प्रधानपञ्च थिए ।

यस्तै २०४९ को स्थानीय निकायको निर्वाचनमा गुम्चाल गाविस अध्यक्षमा निर्वाचित भएका थिए  । एमाले मुख्यालयमा महासचिव शंकर पोखरेलले बुढाथोकीलाई पार्टीमा स्वागत  गरेका थिए ।