लमजुङ  — नेकपा एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट  प्यानलसहित निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन् नसकेपछि बेग्लाबेग्लै प्यानल नै बनाई चुनावी प्रक्रियाबाट बिष्ट प्यानल निर्वाचित भएको हो।

चुनावी प्रक्रियामा प्रतिद्वन्द्वी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले पराजित गर्दै  विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । मतदानमा   कूल ५ सय ६ मत खसेकोमा विष्ट २ सय ८८ मत ल्याएर बिजयी बने  ।अधिकारीले १ सय ९९ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा शुभाष पौडेललाई ५ मतले हराउँदै जितबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले २ सय ४२ मत प्राप्त गर्दा पौडेलले २ सय ३७ मत प्राप्त गरेका थिए । सचिवमा २ सय ३९ मतान्तरले राजेन्द्र बोहरा निर्वाचित भएका छन् ।

उनले ३ सय ५८ मत ल्याउँदा प्रतिद्धन्दी जनकराज मिश्रले १ सय १९ मत ल्याए । उपसचिवमा २ सय २० मतान्तरले विवश बुढाथोकी निर्वाचित भएका छन् ।

उनले ३ सय ४९ मत मत ल्याउँदा प्रतिद्धन्दी राजेन्द्र अधिकारीले १ सय २९ मत ल्याएका थिए । महिला उपाध्यक्षमा राममाया थापामगर निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित सवै अध्यक्ष विष्टका प्यानलका हुन् ।

चैत १६ गते उद्घाटन र १७ गते बन्दसत्र भएको  एमाले लमजुङको अधिवेशनको अन्तिम मतपरिणाम सोमबार दिउँसो सार्वजनिक भएको थियो ।