काठमाडौँ— नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन । पार्टीको १० औँ जिल्ला अधिवेशन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी मतदान प्रक्रियाबाट अध्यक्षमा चुनिएका हुन् ।
सर्वसहमतिबाट नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । अधिवेशनबाट उपाध्यक्षमा अर्जुन भण्डारी,सचिवमा कृष्णगोपाल तामाङ निर्वाचित निर्वाचित भएका छन् ।
त्यस्तै उपसचिवमा शिवहरि सापकोटा र सुशीला पाख्रिन छानिएका छन् । अधिवेशनबाट १ सय १ सदस्सीय जिल्ला नेतृत्व चयन भएको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।




















