• कृष्णप्रसाद शर्मा 

काठमाडौँ—प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालको नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहो¥याएको छ । 

कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति बनाउनुपर्ने माग गरेको हो।
। प्रतिनिधिसभाको  मंगलबारको बैठकको सुरुमै सो पार्टीका सबै सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई बोल्न  समय दिएका थिए  । 

सांसद यादवले  सञ्चारकर्मीका रुपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रा.लि.मा हुँदा सहकारीबाट रु ८० करोड ऋण लिएको र नतिरिएको विषयमा संसदीय छानबिन हुनुपर्ने र नैतिकताका आधारमा गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनुपर्ने माग गरे । 

सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे । उनले पार्टीले  गृहमन्त्री र सहकारी जोडिएको बाहेक अन्य विषयमा सदन चल्न अवरोध नगर्ने पनि स्पष्ट पारे ।

उनले सदनमा सांसदले उठाएका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्दै दण्डहीनताको अन्त्य, कानुनी राज्यको पालना र सुशासन कायम गरेर आम नागरिकप्रति आशा सिर्जना गर्न आग्रह गरे । तत्पश्चात सभामुख घिमिरेले उठेका विषयमा आफ्नो र संसदको ध्यान गएको  बताएका छन्