काठमाडौँ  —  व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोपमा नेकपा माओवादी केन्द्रका नेता तत्कालीन सैन्य कमाण्डर कालीबहादुर खाम काठमाडौँको ठमेल क्षेत्रबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मंगलबार  खामलाई पक्राउ गरेको एसपी नवराज अधिकारीले पुष्टि गरे।  व्यवसायी श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप खाममाथि लागेको छ। खाम माओवादी लडाकुका पूर्वडिभिजन कमान्डर थिए। खाम २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेपछि फरार हुँदै आएका थिए।

व्यवसायी श्रेष्ठ हत्या आरोपमा पक्राउ परेका अर्का माओवादी कमान्डर गोविन्दबहादुर बटाला राजनीतिक दबाबपछि रिहा भएका थिए।  श्रेष्ठ हत्या प्रकरणका प्रमुख योजनाकार भएको आरोप लागेका  खाम माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्यसमेत हुन्।