काठमाडौं — वाइडवडी प्रकरणमा दोषी देखाइने गरेका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको मृत्युको चार वर्ष ३७ दिनपछि अख्तियारले वाइडवडी प्रकरणमा रविन्द्र होईन, त्यसभन्दा अघिकै मन्त्रीलाई दोषी देखाउँदै विशेष अदालतमा मुद्धा दायर गरेको छ। 

 २०७३ सालमा दुईवटा वाइडवडी विमानलाई २४ अर्व रुपैंयामा खरिद गर्ने निर्णयमा हस्ताक्षर गर्ने तत्कालिन पर्यटन मन्त्री जीवनबहादुर शाही विरुद्ध अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो ।  शाही विरुद्ध १ अर्व ४७ करोड मागदाबी सहित विशेष अदालतमा अख्तियारले मुद्धा दायर गरेको हो।

खासगरी २०७४ फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएपछि वाइडवडी प्रकरण चर्चामा आएको थियो । २०७४ चैत ३ गते नियुक्त भएका तत्कालीन पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई यस प्रकरणको मुख्य नाइके र दोषी भएको प्रचार भएको थियो । त्यसबेला संसदको सार्वजनिक लेखा समितीदेखि संसद बैठकमा समेत वाइडबडी प्रकरणमा अधिकारीलाई दोषी देखाइने गरेको थियो । पूर्ववर्ती मन्त्रीका निर्णयहरु कार्यान्वयन गरेकै आधारमा दोषी करार गरिएपनि अन्ततः सो प्रकरणमा अधिकारी निर्दोष रहेको पुष्ठी भएको छ ।

पुर्वमन्त्री अधिकारीको २०७६ फागुन १५ गते हेलिकप्टर दुर्घटननमा निधन भएको थियो । विभागीय मन्त्रीको हैसियतमा रविन्द्रले वाइडवडी खरिदका केही किस्ता रकम भुक्तानी सदर गरेका थिए ।

  • यो भिडियो पनि हेर्नुहोस — कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक