काठमाडाैं —   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै केही वर्ष पार्टीकाे नेतृत्व गर्ने बताएका  छन  । नेकपा एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बाेधन गर्दै अध्यक्ष ओलीले पार्टीमा २० वर्षजति अरुले आश नगरे हुन्छ भनेर आफूले यसअघि नै भनेकाे स्मरण गराए  ।

आफ्नाे झरेकाे कपाल समेत अहिले पलाउन थालेकाे भन्दै उनले बताए । 'कसैले एमालेबिनाको नेपाल भने कठै बरै ! माया लाग्छ एमालेबिनाको नेपाल, कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ, केपी ओली नभइदिएको भए यसो गर्छु उसो गर्छु भन्ने लाग्या होला, मैले पोहोर-परार भनेको थिए, जुँगा अलि कालाकाला हुन थाले भनेर, मेरो सबै कपाल झरेको थियो अहिले कपाल पलाउन थालेको छ, रोपेको होइन आफैले पलाउन थालेको छ, अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ'- अध्यक्ष ओलीले भने ।

May be an image of 1 person and crowdअहिले आफूहरु आराम गरेर बस्ने बेला नभएकाे उनले बताए । अध्यक्ष ओलीले भने - 'एमालेले यस देशलाई सही बाटाेमा अगाडि बढाएर, गरिबी हटाएर भाेकमरी हटाएर अनि मात्रै एमालेले चाैतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ, अहिले हामीसँग समय छैन ।'

झिंगाकाे सरापले डिंगा नमर्ने भन्दै उनले एमाले झन् बलियाे बनेर अघि बढ्ने बताउनुभयाे । कुनै गलत बाटाेमा नलाग्न नेता-कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन दिए । 

माधव नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले माथि पुगेपछि केही मानिसमा अंहकार देखिएकाे बताए  । पद नपाएपछि पार्टी छाेडेर अरुकाे पछाडि लाग्ने राेग केही मानिसमा लागेकाे उनले बताए ।

महान् उद्देश्य बाेकेर हिँडेकाे एमालेकाे साेँच संकिर्ण नरहेकाे उनले प्रष्ट पारे । एमाले शालिन पार्टी भएकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे ।

May be an image of 2 people and crowd