काठमाडौँ  — नेकपा एमाले ललितपुरको नवौं जिल्ला अधिवेशनबाट तीन प्रतिस्पर्धीलाई हराउँदै पुरुषोत्तम आचार्य अध्यक्षमा निर्वाचित भएका छन् ।

 अन्य उम्मेद्वारहरुभन्दा ७५ मत बढी अर्थात २ सय २९ मत पाएर आचार्य जिल्ला अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धीहरु चेतनाथ आचार्यले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत पाएका थिए ।

जिल्ला उपाध्यक्षमा मञ्जली शाक्य बज्राचार्य १७३ मत ल्याएर निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्दी हरिगोविन्द श्रेष्ठले ११४ मत ल्याएका थिए । प्रतिस्पर्धामा रहेका श्याम ब्यञ्जनकारले ९८ र अष्टविर ब्यञ्जनकारले ८७ मत पाएका थिए  ।

छ जनाबीच प्रतिस्पर्धा भएको सचिवमा राम राउत १७९ मत पाएर निर्वाचित भएका छन्  । सचिवका  प्रतिस्पर्धीहरु रत्न महर्जनले ११२, लक्ष्मणप्रसाद बजगाईले ५१, सहकुल खत्रीले २७, सुदनर्शन मिश्रले ७६ र हरिप्रसाद न्यौपानेले २८ मत पाएका थिए  ।

उपसचिवहरुमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् । खुलातर्फ १६४ मत पाएर थापा निर्वाचित हुँदा प्रतिस्पर्धीहरु नानीकाजी शाक्य ४८, मनोज महर्जन ६४, श्याम शर्मा बजगाईं ९९, सन्दन थापा मगर ५४ र साजन दर्लामीले ४४ मत पाएका थिए ।

महिला उपसचिवतर्फ १४२ मत ल्याएर राई निर्वाचित हुँदा अन्नपूर्ण बस्नेतले ८७, संगीता अछामीले १४० र सुकुमाया लामाले १०४ मत पाएका थिए ।