२८ असार, काठमाडौं । प्रदेश २ सरकारले बाढी पहिरोमा परेर मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई नगद राहत दिने निर्णय गरेको हो । राहत र उद्धारका लागि केन्द्रीय सरकारसँग हेलिकप्टर माग गर्ने निर्णयसमेत गरिएको प्रदेश २ का मुख्य सचिव दीपक सुवेदीले जानकारी दिए ।