काठमाडौं — इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका सुहाङ नेम्वाङले सवै मतदाताको मनमा बस्न सक्ने बातावरण बनाउन आफू क्रियाशिल रहेको जानकारी दिएका छन्  ।

प्रवासी नेपाली मञ्च अन्तरारष्ट्रिय कमिटीले नयाँ बर्ष २०८१ को अवसरमा आज आयोजना गरेको भर्चुअल शुभकामना आदान प्रदानकार्यक्रममा सहभागी हुँदै उम्मेदवार नेम्वाङले इलामेली जनताको मन जित्न आफू क्रियाशील रहेको जानकारी दिएका हुन् । 

प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता एवं नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेको  कार्यक्रममा बोल्दै युवा नेता नेम्वाङले इलामेली जनताको चाहनाको सही रुपमा ख्याल गर्दै आवश्यकता पहिचानसहित समस्या समाधानका लागि आफू र आफ्नो टीम लागिपरेको बताए ।

May be an image of 5 people and tree‘चुनावी अभियान निकै राम्रो छ । हामी घरदैलो अभियान चलाएर कार्यक्रम गरिरहेका छौं । यहाँको माहोल अत्यन्तै राम्रो छ । सवै जनाको माया पाएका छौं । बुवा (सुवासचन्द्र नेम्वाङ) प्रतिको अगाध माया, सम्मान अथाह पाएको छु,’ नेम्वाङले भने , ‘सूर्यमा मत हालेर बिजयी बनाउन हामी सबै  मतदातासामू आह्वान गरिरहेका छौं, आग्रह गरिरहेका छौं । सवै इलामेली आमाबुवा दाजुाभाई दिदीबहिनीहरुलाई बिश्वस्थ तुल्याउने काम गरिरहेका छौं ।’

उनले अहिलेसम्म उत्यन्तै उत्साहजनक माया पाएको भन्दै बिजयी बन्ने आधार खडा भइसकेको बताए। ‘अहिलेसम्मको अवस्था हेर्दा चुनाव जित्छौं भन्ने बिश्वस्थ बातावरण बनिसकेको छ, चुनाव जित्ने दह्रो आत्मबिश्वास जागेको छ,’ नेम्वाङले भने । उनले चुनावमा प्रवासमा रहेका नेपालीको पनि निकै महत्वपूर्ण भूमिका हुने भन्दै आफ्ना परिवारका सदस्यलाई मतदान गरी आफूलाई बिजयी बनाउने काममा लागिदिन अनुरोध गरे ।

May be an image of 2 people‘अघिल्लो चुनावको बेलामा मैले यसरी नै तपाईहरुसँग बुवालाई जुम मिटिङमा जोडाइ दिएको थिएँ । ठूलो सहयोग गर्नुभयो उहाँलाई जिताउनका लागि । तर बुवा बित्नुभयो । उहाँको त्यो अभाव पूरा गर्न मलाई पार्टीले उम्मेदवार बनाएको छ । अहिले फेरि मलाई पनि माया गरेर जोडनु भएको छ । म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ नेम्वाङले भने । ‘मेरो धेरै भन्नु छैन, प्रवासमा रहनुभएका तपाईहरु सवैले आफ्नो परिवारलाई भनेर सूर्यमा मतदान गरी हामीलाई जिताउने अभियानमा लागिदिन बिशेष आग्रह गर्दछु,’ नेम्वाङले भने ।

उनले आफ्नो ठाउँबाट यसपटक बैशाख १५ गतेको चुनावमा सूर्यमा मतदान गर्नका लागि भूमिका निर्वाह गरेर बिजयी बनाउने अभियानको नेतृत्व गर्न पनि आग्रह गरे । उम्मेदवार नेम्वाङले इलामको उपनिर्वाचनमा एमालेको जीत निश्चित जस्तै बनेको तथ्य पनि सुनाए ।

May be an image of 3 people and temple

May be an image of 12 people