बागलुङ — नेकपा एमाले बागलुङको अध्यक्षमा पुनः हिराबहादुर केसी निर्वाचित भएका छन  । बागलुङ बजारमा जारी दशौं अधिवेशनबाट केसी दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्  ।

शुक्रबार अध्यक्षको लागि केसी र नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी दर्ता गराएका थिए  । गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

May be an image of 3 people, dais and textयस्तै उपाध्यक्ष र सहसचिवमा पनि सर्वसम्मत उम्मेदवारी चयन भएका छन । उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत चयन भएका छन  । भुसाल यसअघि जिल्ला सचिव थिए । यसैगरी उपसचिवमा धनबहादुर परियार र करमती पुनः चयन भएका छन्  । उपसचिवमा परियार र पुनको मात्रै उम्मेदवारी परेको हो।

May be an image of 12 people, dais and text that says 'दकषिणपन्थी अवसरवाद सगठनात्मक अराजकतालाईं पराजित गरी जवज़को मार्गद्शनमा समाजवादको आधार निमाण गरी जनंताको बहुदलीय जनवाद जिन्दाबाद समृदु नेपाल सुसी नेपाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुडको नবाम सा्म्यानिाट वार्टी पूवाने) बामतड दजिल्लाअधिवेशन दशો जिल्ला अधिवेशन 90 औ जिल्ला अधिवेशन उदघाटन सम सम््योह ग्रेह 오산 चै.श चै 2070 公 သသေသခး'सचिवमा तीन जनाको उम्मेदवारी परेको छ। गणेश थापा, चन्द्र गणेश पौडेल र कुमार खड्काले उम्मेदवारी दर्ता गराएका थिए  । सचिव र सदस्यहरूमा सहमतिको प्रयास भइरहेको अध्यक्ष मण्डलले जनाएको छ। निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।

May be an image of 1 person, temple and crowd

May be an image of one or more people