काठमाडौं — नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रिय सभाका पूर्वअध्यक्ष रामप्रित पासवान नेकपा एमालेमै फर्किएका छन  ।

आइतबार ललितपुरकाे गोदावरीस्थित एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको समापनमा समारोहमा नेता पासवान एमालेमा फर्किएका हुन्  ।

एमालेबाहेक अरु दलले मुलुक र जनताको हित गर्छ भन्ने भ्रमबाट मुक्त भएपछि आज एमालेमै फर्किएका नेता पासवानलाई एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बिष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलसहितका नेताहरुले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन ।

पासवानका साथमा नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका आधा दर्जन नेताहरु पनि एमालेमा फर्किएका छन् ।माधवकुमार नेपालले एमालेबाट बाहिरिएर एकीकृत समाजवादी पार्टी खाेलेपछि पासवान माधवतिरै लागेका  थिए  ।