काठमाडौं —नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन टुट फुट हुँदा जनतामा निराशा र आक्रोश बढेको बताएका छन । सोमबार कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षका अवसरमा एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

‘टुट फुट विभाजन  र एकताका अनेकौं श्रृंखला पार गरेको नेपाली कम्युनिष्ट आन्दोलनले पछिल्लो समयमा प्राप्त व्यापक जनसमर्थन र साथलाई जनचाहना अनुरुप उपयोग गर्न नसक्दा जनतामा निराशा र आक्रोश बढिरहेको कुरालाई आजको दिनमा सम्बन्धित सबैले स्वीकार गर्नुपर्दछ"उनले भने । उक्त विषयको आत्मबोधसहित मुलुक र जनताका एजेण्डाहरुलाई केन्द्रविन्दुमा राखेर विगतका गल्तिहरु नदोहो¥याउने विश्वासिलो आधारसहितको सहकार्यले मात्र कम्युनिष्ट आन्दोलनलाई एकता तर्फ अघि बढाउन कुरा विज्ञप्ति मार्फत नेपालले बताएका छन्  ।’

जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘२२ अप्रिल १९४९ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसका अवसरमा संस्थापक महासचिव कमरेड पुष्पलाल लगायत सम्पूर्ण संस्थापकहरुको स्मरण गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थासम्म ल्याईपु¥याउन जीवन उत्सर्ग गर्नुहुने शहीदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, कम्युनिष्ट आन्दोलनमार्पmत आमूल परिवर्तनका लागि जीवन समर्पण गर्नुहुने नेता–कार्यकर्ता एवम् साथ र समर्थन गर्नुहुने आदरणीय जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु'। 

नेपालको कम्युनिष्ट आन्दोलनले स्थापनाकालदेखि नै अङ्गिकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका र स्वतन्त्रता÷लोकतन्त्र जस्ता विषयहरुमा अहिले पनि विविध खाले चुनौतिहरु विद्यमान छन् । यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थप बढी हुन जान्छ । नेपालका कम्युनिष्ट पार्टीहरुलाई जनताले दिएको अभिमत कम्युनिष्ट पार्टीहरुले आफ्नो स्थापनाकालदेखि बोक्दै आएका एजेण्डाहरुप्रतिको समर्थन एवम् सामाजिक न्याय सहितको समुन्नत एवम् समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्नका लागि हो । टुट फुट विभाजन  र एकताका अनेकौं श्रृंखला पार गरेको नेपाली कम्युनिष्ट आन्दोलनले पछिल्लो समयमा प्राप्त व्यापक जनसमर्थन र साथलाई जनचाहना अनुरुप उपयोग गर्न नसक्दा जनतामा निराशा र आक्रोश बढिरहेको कुरालाई आजको दिनमा सम्बन्धित सबैले स्वीकार गर्नुपर्दछ । उक्त विषयको आत्मबोध सहित मुलुक र जनताका एजेण्डाहरुलाई केन्द्रविन्दुमा राखेर विगतका गल्तिहरु नदोहो¥याउने विश्वासिलो आधार सहितको सहकार्यले मात्र कम्युनिष्ट आन्दोलनलाई एकता तर्फ अघि बढाउन सक्दछ । 

कम्युनिष्ट पार्टीहरु बीचको आपसी समझदारी, विश्वास र सहकार्यलाई लोकतान्त्रिक संस्कार, राम्रो बोली र व्यवहार अवलम्बन गर्न सकेमा मात्र राष्ट्रिय राजनीतिमा नेपालका कम्युनिष्ट पार्टीहरुले निर्वाह गरेको भूमिकालाई जनताको बीचमा थप स्थापित गर्न, कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाइराख्न र व्यापक जनताको समर्थन सहित अघि बढाउन सकिन्छ । हार्दिकतापूर्ण सहकार्यले एकतातर्फ लैजान्छ भने तुच्छ बचन, घोंचपेंच र दाउपेंचपूर्ण व्यवहारले एक आपसमा संशय उत्पन्न हुन्छ र यसले सकारात्मक परिणाम दिन सक्दैन । यस कुरालाई पार्टी स्थापना दिवसको यस अवसरमा नेपालका सबै कम्युनिष्ट पार्टीहरु र यसमा क्रियाशिल नेता कार्यकर्ताले मनन गर्नसमेत म सबैमा हार्दिक अनुरोध गर्दछु ।

अन्त्यमा, नेपाली जनताको चाहना अनुरुप शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न नेपालको कम्युनिष्ट आन्दोलन बलियो एवम् एकताबद्ध हुनु जरुरी छ । यसका लागि विगतको आत्मसमीक्षा गरी सबै कमजोरीहरुको अन्त्य गर्दै सही विचार र कार्यदिशा भएको कम्युनिष्ट आचरणसहितको विधि र पद्धतिमा आधारित बलियो कम्युनिष्ट आन्दोलन र सोहीमार्फत मुलुकका यावत समस्याको समाधान गर्न पार्टी स्थापना दिवसले हामी सबैलाई अभिप्रेरित गर्न सकोस् । पुनश्चः ७५ औं स्थापना दिवसको हार्दिक शुभकामना सहित विज्ञप्तिमा उल्लेख गरेका छन् ।