बिर्तामोड — नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विजयसभामा सहभागी हुन इलाम जाने कार्यक्रम तय भएको छ । बैशाख १९ गते इलाममा आयोजना हुने विजयीसभा तथा धन्यवाद दिने कार्यक्रमका लागि ओली विहानै झापा आउने भएका छन् । 

नेकपा एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार १९ गते विहान ८ बजे काठमाडौंबाट झापा प्रस्थान गर्ने कार्यक्रम छ । भद्रपुर विमानस्थल ओर्लिएर सिधैं इलाम जाने र कार्यक्रम सकेर सोही दिन काठमाडौं फर्किने तयारी भएको सचिव कार्कीले जानकारी दिए ।

अध्यक्ष ओलीले इलाम २ को उपनिर्वाचनमा मंगलवारे र चुलाचुलीको चुनावीसभालाई सम्बोधन गरेका थिए ।