काठमाडौं — ‘भेलु बाजे’ नामले चर्चित प्युठानका मीनबहादुर बुढा मगरको हिजो दु:खद निधन भएको छ । प्युठानको निर्वाचनका बखत भेलु बाजे र नेकपा (एमाले) बाट निर्वाचित सांसद सूर्य थापाको चर्चा भएको थियो । भेलु बाजेले सूर्य थापाको पक्षमा मत मागेका थिए । पछि थापाले पैसा दिएर नै बोल्न लगाएको भनिदिएपछि विवाद भएको थियो । मृत्यु अघिपनि थापाले भेटेर सहयोग गरेका थिए । मृत्युपछि आज बिहानै सामाजिक सञ्जाल मार्फत थापाले स्मरण गरेका छन् ।
यस्तो छ थापाको स्टाटस
पछिल्लोपटक २०८० चैत २९ गते सॅाझ (स्याउलीबाड)को खलेसबाड०मा कोठीभीर महोत्सवको उद्घाटन गर्नेक्रममा देखेको थिएं।उहॅाको स्थिति अति नाजुक लागेको थियो।
समाज र स्वास्थ्यका लागि त्यसप्रकारको जीवनशैली पाच्य थिएन। बोली रैथाने चल्तीको हॅुदा टिपिकल सुनिदॅा जुम्रीकॅाडा, प्युठानका भेलु बाजे भाइरल हुनु स्वभाविक थियो।
हिजो उपचारको क्रममा दिवंगत हुनुभएको दुःखद खबर सुन्दा बेचैनी लाग्यो।अब बिश्राम लिनुभएको छ।
भावपूर्ण श्रद्दान्जलि मीनबहादुर बुढा मगर (भेलु बाजे)।
अब पिर, सन्ताप र सम्झना मात्रै बॅाकी रह्यो!
अलविदा ।


