लेटाङ — नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) लेटाङ नगर कमिटीको तेश्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको नेकपा एमाले स्थायी कमिटी सदस्य डा शिवमाया तुम्वाहाङ्फेले पानशमा दीप प्रज्ज्वलन गरि अधिवेशनको उद्घाटन गरेकी छन् ।

कार्यक्रमको प्रमुख अतिथि तुम्वाहाङ्फेले अधिवेशन उद्घाटन पश्चात मन्तव्य राख्दै अनेमसंघले महिलाको हक अधिकार मात्र नभएर महिला र पुरुषहरुको समान सहभागीताको कुरालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन ।

उनले पार्टीसँग समन्वय गर्दै महिलाहरुको हक अधिकार स्थापित गर्ने कार्यमा अघि बढ्न पनि आग्रह गरिन  । संविधानले महिलाको पक्षमा ग्यारेन्टी गरेका कपितय व्यवस्थाहरु अझै पनि व्यवहारमा कार्यान्वयन नभएको पाइएको भन्दै उनले त्यसको कार्यान्वयन गरेर लैजानुपर्नेमा जोड दिइन ।

अनेमसंघ नगर कमिटी अध्यक्ष मन कुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज धनमाया तामाङ, केन्द्रीय सदस्य टीका भट्टराई, अनेमसंघ कोशी प्रदेश उपाध्यक्ष सरला राई, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, अनेमसंघ कोशी प्रदेश कमिटी सचिवालय सदस्य मेनुका आचार्य, अनेमसंघ कोशी प्रदेश कमिटी सदस्य तथा लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला, अनेमसंघ कोशी प्रदेश कमिटी सदस्य चीजमाया चेम्जोङ, अनेमसंघ मोरङ जिल्ला कमिटी अध्यक्ष भिष्मा रेग्मी,एमाले मोरङको सदस्य नन्दलाल धिमाल,एमाले नगर सचिव जितबहादुर लामालगायत अनेमसंघ र नेकपा एमालेका विभिन्न कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा उपाध्यक्ष यशोदा दुलालले स्वागत मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष मनकुमराी राईले राजनीतिक प्रतिवेदन, सविच तारा गुरागाईं निरौलाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चम्पा थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहगभाीहरुले गीत तथा कविता प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । 

नयाँ नेतृत्व चयन 

 शुक्रबार भएको तेश्रो नगर अधिवेशनले यशोदा दुलालको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा केशिमाया राई, सचिवमा पवित्रा मगर, सहसचिवमा रत्ना पौडेल र कोषध्यक्षमा थिर कुमारी पोखरेल चयन भएका छन् ।