विराटचोक — मोरङको सुन्दरहरैँचा-९ मा रहेको भिजन बेस्ट एजुकेशन सेन्टरले कोरियन भाषा पास गरेका प्रशिक्षार्थीलाई बधाई तथा विदाई कार्यक्रम गरेको छ ।
शनिबार भिजन बेस्टका प्रशिक्षक तथा संचालक नवराज खरेलले एक कार्यक्रमका बीच कोरियन भाषा पास गरी दोस्रो चरणको स्किल टेष्ट समेत उतिर्ण गरेका १५ जना विद्यार्थीहरुलाई बधाई तथा विदाई गरेका हुन् ।
कोरियामा ८ वर्ष बसी त्याहाँको ५ टपिक लेभल पास गरेका प्रशिक्षक खरेलले उनीहरुलाई भाषा प्रशिक्षण गराएका थिए । कोरिया बसाइ सुखद र सफलताको कामना गर्दै बधाई तथा विदाई गरिएको प्रशिक्षक खरेलले बताए ।
कोरियाको बसाइ पछि नेपाल फर्किएका प्रशिक्षक खरेलले २ वर्ष अघिदेखि अन्य भाषा सेन्टरमा प्रशिक्षण दिदै आएका उनका धेरै प्रशिक्षार्थीले भाषा पास गर्न सफल भएका छन् ।
प्रशिक्षक खरेलले यसै वर्ष देखि विराटचोकमा भिजन बेस्ट एजुकेशन सेन्टर संचालनमा ल्याएका छन् । उक्त एजुकेशन सेन्टरमा कोरियन सहित जापानिज भाषा पनि पढाइ हुने बताएका छन् । जापानिज भाषाको लागि दक्ष प्रशिक्षक रहेको खरेलको भनाइ रहेको छ ।


