काठमाडौं– नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री चक्रपाणि खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काठमाडौंका मेयर बालेन शाहले लगाएको आरोप सही भएको बताएका छन्।
खनालले खनालले मंगलबार एउटा रेडियो अन्तरवार्ता दिदै यस्तो कुरा बताएका हुन् ।
आफू भूमीसुधार मन्त्री हुँदा गिरीबन्धु चिया बगानका विषयमा अनेक निर्णय गराउन ओलीले दबाब दिएको तर आफूले नमानेपछि मन्त्रीबाट हटाएको भन्दै खनालल आरोप लगाए ।
‘मलाई मन्त्रीबाट हटाएपछि उक्त ठाउँमा एमाले नेत्री पद्मा अर्याललाई ल्याएर गिरीबन्धुबारे निर्णय भयो’, खनालले भनेका छन्,‘यस विषयमा काठमाडौंका मेयर बालेनले ओलीमाथि लगाएको आरोप सही छ।’
आफू प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रहेका बेला पनि गिरीबन्धुका विषयमा दबाब दिएको खनालले बताए।




















