सुनसरी— नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्यले नेपाली कांग्रेस र नेकपा एमाले गठबंधन गरे पनि  माओवादी केन्द्रले जनतासंग गठबंधन गर्ने बताएका छन् । बुधबार अखिल(क्रान्तिकारी) सुनसरी को १४औं जिल्ला सम्मेलनको उदघाटन कार्यक्रममा यस्तो बताएका  हुन् । 

 कोशी प्रदेशका सांसद समेत रहेका नेता आचार्यले देश भ्रष्टाचारले दलदल बनाइएको अवस्थामा अब यसरी भएन भनेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियान चलाउदा  भ्रष्टाचारीहरु एकै ठाउँमा आएर प्रचण्डको नेतृत्व सरकार ढाल्ने काम भएको बताए । 

उनले कांग्रेस र एमालेलाई  इंगित गर्दै  माओवादी र प्रचण्डले चाहने हो  भने यो सरकार चाहेको दिनमै ढल्ने दाबी गरे । उनले माओवादीलाई गठबंधनको सरकार नचाहिएको जिकिर गरे । 

कांग्रेस र एमाले गठबंधन गरुन तर,माओवादी केन्द्रले जनतासंग गठबंधन गरेर अघि बढ्ने बताए । उनले आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने र कसैको सहाराको आवश्यक नरहेको कुरा व्यक्त गरे । उनले कांग्रेस र एमालेले पार्टी एकता गरेहुन्छ भन्दै चुनौती पनि दिए ।