विराटचोक —नेपाल राष्ट्रिय शिक्षक संगठन सुन्दरहरैँचा नगरपालिका -१० नम्बर वडा कमिटी गठन भएको छ । शुक्रबार सुकुन माविमा भएको वडा अधिवेशनले युवराज खुलालको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा बिनिता बराल,सचिवमा प्रदीप निरौला,कोषाध्यक्षमा गीता सुवेदी रहेका छन् । त्यसैगरी सदस्यहरुमा अजय शाह, श्याम तामाङ, वीरेन्द्र अधिकारी ,भवानी पोख्रेल,विराज बस्नेत, नारायण गुरागाईं र सुरज खतिवडा चयन भएका छन् ।
अधिवेशनमा संगठन मोरङ जिल्ला कमिटी सदस्य धर्मकुमारी कालाखेती,नगर कमिटी उपाध्यक्ष राजेन्द्र गिरी, सचिव टंक ओझा लगायतको आतिथ्यता रहेको थियो ।
विराटचोकलाई एजुकेशन हबको रुपमा स्थापित गर्छौ : नवराज खरेल ( भिडियो)




















