काठमाडौं—बाढीपीडितलाई सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ रुपैयाँ पठाउन खोज्दा गल्तीवश १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर भएको छ।
कोटेश्वरस्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले कनेक्ट आईपीएसमार्फत रकम पठाउने क्रममा त्रुटि भएपछि अतिरिक्त ९ लाख रुपैयाँ फिर्ता गरिदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई निवेदन दिएको जनाएको छ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले गल्तीले बढी रकम ट्रान्सफर भएको उल्लेख गर्दै फिर्ता गर्न अनुरोध गरेका छन्। सहकारीले सहयोगस्वरूप १ लाख १ हजार १ रुपैयाँ भने छुट्टै कायम रहने जनाएको छ।


