धरान, ३ मंसिर । धरानमा आगामी मंशीर १४ गते हुने उप निर्वाचनमा मेयर पदको लागि नेपाल कम्युनिष्ट पाटी(नेकपा) का उम्मेद्धवार प्रकाश राईलाई नेपाली काँग्रेस तर्फबाट उम्मेद्धवार रहेको तिलक राईको श्रीमती रिमा चाम्लिङले विजयको शुभकामना दिएकी छन् । चुनावी घरदैलो अभियानमा धरान –१८ स्थित निवासमा पुगेका नेकपाका उम्मेद्धवार राईलाई श्रीमती चाम्लिङले मेयर पदको लागि जितको शुभकामना दिएकी थिइन् ।

उम्मेद्धवार राईलाई टिका र फुलमाला पहिराएर जितको शुभकामना दिएकी हुन् ।काँग्रेसका उम्मेद्धवार तिलक राई र नेकपाका उम्मेद्धवार वीच नै चुनावमा मुख्य प्रतिष्पर्धा हुदैछ । यसैवीच धरान १८ का वडाध्यक्ष प्रवीण राईको श्रीमती सविना राईले पनि घरदैलो अभियानमा पुगेका नेकपाका उम्मेद्धवार प्रकाश राईलाई जितको शुभकामना दिएकी छन् । नेकपाको चुनावी घरदैलो तीव्र भइरहेको छ ।मंगलबार धरान वडा नम्बर १८ र वडा नम्बर ११ मा उम्मेद्धवार राई सहित घरदैलो अभियान गरेको छ ।