धरान / नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले नेकपाको पार्टी एकता हुन नदिन काङ्ग्रेसले अनेक प्रपन्च रचेको आरोप लगाएका छन् । मौन अवधिको पुर्व सन्ध्यामा धरानको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड पार्टी एकता हुन नदिन तल्लो स्तर सम्मको कदम चालेको बताए ।कम्युनिस्ट पार्टीहरु एक हुन नदिन काङ्ग्रेसले आफुलाइ पाच बर्ष प्रधानमन्त्री पद अफर गर्या थिएु प्रचण्डले काङ्ग्रेसलाइ सुझाउदै भने अर्काको भन्दा आफ्नो चासो लिनु नत्र संग्रहालयमा राख्ने खाल्को काङ्रेस होला । 

महिला र मधेसी समुदायबाट रास्ट्रपति बनाउने पार्टी नेकपा भएकाले समानुपाती समाबेसिताको बिसय आफुहरुलाइ नसिकाउन प्रचण्डले आग्रह गरे । दुइ अध्यक्ष बिच लडाइँ लगाएर फाइदा लुटउला काङ्ग्रेसले खोजेपनि नेकपाको एकतामा कुनै त्यस्तो केहि बाधा नपर्ने जिकिर उनको थियो । काङ्ग्रेसले लगाएको आरोप खण्डनमै लामो समय खर्च गरेका प्रचण्डले पार्टी एकतामा कहिकतै दुविधा नरहेको बताए । आलोपालो सरकार चलाउदा अलि दुविधा हुने बताउदै सरकारले पुर्ण कार्यकाल काम गर्ने स्पष्ट बनाए ।