मोरङ / कालिकोटे खड्का वंश उत्थान सेवा समितिको  चाैथाे महाधिवेशनबाट प्रेम खडकाको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । आज बिराटनगरमा भएको महाधिवेशन बाट आगामी ३ बर्षको लागी कार्यकाल रहने गरि समिति चयन गरेको हो ।

समितीको  उपाध्यक्षमा कुमार खड्का , महेन्द्र बहादुर खड्का र गाेबिन्द खड्का रहेका छन्। त्यस्तै महासचिवमा रेत बहादुर खड्का , सचिवमा जीवन खड्का , काेपिला खड्का र विनाेद खड्का रहेका छन् । साथै काेषाध्यक्षमा देवि प्रसाद खड्का , सह काेषाध्यक्षमा यादव कुमार खड्का छन भने सदस्यहरुमा देवेन्द्र खडका, जनक खड्का, टंक बहादुर खड्का , शान्ति शुन्दर खड्का, नारायण खड्का , अमृत बहादुर खड्का र भरत बहादुर खड्का रहेकाछन् ।

यस्तै अधिवेशन मा ८० वर्ष नाघेका १० जना जेष्ठ  बन्धुहरुलाई र गत एसईईमा उत्कृष्ट अंक ल्याई पास हुने छाेरि कृपा खड्कालाई सम्मान गरिएको थियो । 

महाधिवेशन मा देसका विभिन्न स्थानबाट २ सय भन्दाबढी बन्धुहरुको सहभागीता रहेको कालिकोटे खड्का बन्धु उत्थान समिति मोरङको सचीव सुमन खड्काले जानकारी दिए ।