बिराटचौक,२ माघ । मोरङको ३ न क्षेत्र स्थित प्रदेश सभाका सांसद राजकुमार ओझाले चुनाव ताका भोट माग्दै गर्दा जनताहरुसंगको गरेको बाचाहरु पुरागर्दै आएको छ्न । उनले गरेको बाचाहरु मध्येको लोहन्द्रा खोला तटबन्धन परियोजनाको अनुगमन गरेका छ्न ।
सांसद ओझाको पहलमा सिचाई डिभिजन प्रदेश न. १ द्वारा लोहन्द्रा खोलामा निर्माण हुँदै गरेको ५ करोड लागत बराबरको तटबन्धन परियोजनाको आज अनुगमन गरेको हो । सो अनुगमनमा बेलबारी नगरपालिका २ नम्बर वडाका अध्यक्ष घनश्याम गौतम लगायत तथा स्थानीय बासिन्दा सहितको टोलीको सहभागिता रहेको थियो ।
परियोजना यसै बर्षमा सकिने सांसद ओझाले बताए । निर्वाचन ताका भोट माग्दा लोहन्द्रा खोला करिडोर तटबन्धन निर्माण गर्ने प्रतिबद्धता गरेको हुदा सो योजना पुरागर्न लागिपरेको ओझाले बताए । यस्तै आयोजना अन्य स्थानहरूमा चलिरहेको र आगामी बजेटमा थप योजनाहरु पारिने सांसद ओझाले बताए ।



