काठमाडौं, १७ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तेस्रो दिनको आज (शुक्रबार) को बैठक शुरु भएको छ ।

शुक्रबारको बैठकमा प्रदेश कमिटी अध्यक्षको रिपोर्टिङ शुरू भएको छ । प्रदेश–१ का अध्यक्ष देवराज घिमिरेबाट शुरु भएको रिपोर्टिङमा अन्य प्रदेश अध्यक्षको रिपोर्टिङ जारी रहेको नेकपा केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिएका छन् ।

शुक्रबार प्रदेश नम्बर–१ का अध्यक्ष देवराज घिमिरे, प्रदेश–२ का अध्यक्ष प्रभु साह, वागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले रिपोर्टिङ राखेका छन् । अन्य अध्यक्षले रिपोर्टिङ राख्ने क्रम जारी छ ।

बिहीबार दिनभर छलफल गरेर प्रत्येक समूहले लिखित रूपमा आजको केन्द्रीय समिति बैठकमा आ–आफ्नो समूहको रिपोर्ट प्रस्तुत गरिरहेका छन् । नेकपाका ४४७ नेतामध्ये ४३८ (सचिवालयका ९ जना बाहेक) लाई विभिन्न १५ समूहमा विभाजन गरिएको छ । राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा छलफल गर्न विभिन्न समूह विभाजन गरिएको हो ।

यसअघि बिहीबार समूहगत छलफल नटुंगाएका कतिपय समूहले छलफल शुरु गरेका छन् । समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले बैठकमा पेश गरेपछि अन्य विषयमा छलफल हुनेछ । समूह नेतामा चयन भएका छन् । माघ १५ बाट शुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक १९ गतेसम्म चल्नेछ ।