उर्लाबारी । नेपाल गणतान्त्रिक धिमाल संघको प्रथम राष्ट्रिय सम्मेलनबाट लाेकबहादुर धिमाल सर्वसम्मत अध्यक्षमा चयन हुनु भएकाे छ । धिमाल परियाेजना स्थल, मंगलबारेमा शुक्रबार अायाेजित सम्मेलनबाट नेकपा प्रदेश नं. १ का सदस्य समेत रहनु भएका धिमाल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकाे हाे ।
त्यस्तै समितिकाे उपाध्यक्ष कुमार धिमाल र शान्ति धिमाल, महासचिव तारिलाल धिमाल, सचिव मणिराज धिमाल, काेषाध्यक्ष गिरिराज धिमाल रहेका छन् । त्यस्तै सदस्यहरुमा नम्बरलाल धिमाल, खगेन्द्रराज धिमाल, नेत्रकुमारी धिमाल, मञ्जुकुमारी धिमाल, रत्नीमाया धिमाल, गंगाराज धिमाल, खड्गबहादुर धिमाल, राेमान्सी धिमाल, प्रकाश धिमाल, लक्ष्मीनारायण धिमाल, रंगमाया धिमाल, बमबहादुर धिमाल, दयाराम धिमाल, कविराज धिमाल, तिलक धिमाल, पदम धिमाल, शिवनाथ धिमाल, हरिलाल धिमाल, दिलबहादुर धिमाल, सुनिल धिमाल लगायत रहेका छन् ।
त्यस्तै सल्लाहकारहरुमा संयाेजक पर्तमान धिमाल, नगेन्द्रबहादुर धिमाल, गणेशमान धिमाल, रामबहादुर धिमाल, जीवन धिमाल, सुर्यबहादुर धिमाल, कविन्द्रराज धिमाल रहेका छन् । पर्तमान धिमालकाे अध्यक्षतामा भएकाे सम्मेलनमा नेकपा प्रदेश नं. १ का सदस्य बलबहादुर घिसिङ प्रमुख अतिथि रहनु भएकाे थियाे । नेपाल गणतान्त्रिक धिमाल संघ नेपाल कम्युनिष्ट पार्टि निकट धिमालहरुकाे संगठन हाे ।




















