बिराटनगर १०फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट इन्जिनियरहरु को संस्था प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिइएन) को १ नम्बर प्रदेश कमिटी गठन भएको छ ।

received_1261037540952023

सनिवार बिराटनगर नेकपाको पार्टी कार्यलय पाञ्चालिमा भएको इन्जिनियरहरुको भेलाबाट इ.दिपक पौडेलको अध्यक्षतामा  ३९ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीमा उपाध्यक्ष सचीव कोषाध्यक्ष क्रमश इ. प्रदीप नेपाल, इ.गणेश अर्याल , इ.हसरत अलि नेपाल चयन भएका छ्न ।

सोही कमिटीबाट नौ सदस्यीय सचिवालय पनि बनाएको छ जसमा इ.जानप घिमिरे , इ.मनोजकुमार गुरागाइ ,इ.प्रकाशचन्द्र खतिवडा ,इ.कमलेश्वर ठाकुर ,इ.देबेन्द्र अधिकारी ,इ.डेगराज पौडेल ,इ.पवन झा, इ.फडिन्द्र निरौला ,इ.सप्पन थापा मगर छ्न भने इ.सुजन दाहाल,इ.सन्दीप दाहाल,इ.अनुभव पोख्रेल ,इ.महेन्द्र बास्कोटा,इ.सुवास आचार्य लगायत सदस्यहरु रहेका छ्न ।नव कमिटीलाई बधाई दिदै कार्यक्रमका प्रमुख अतिथि  नेकपाको १ नम्बर प्रदेश कमीटी इन्चार्ज भिम आचार्यले इन्जिनियरहरुले समृद्व प्रदेश बनाउने अभियानमा जुनसुकै क्षेत्रमा विशेष भुमिका खेल्नु पर्ने  र इन्जिनियरहरुको सहयोगका पार्टी लागीपर्ने बताए ।

भेलामा नेकपाका प्रदेश कमिटी अध्यक्ष देबराज घिमिरे ,केन्द्रिय सदस्यहरु हिक्मत कार्की महेस रेग्मी ,गोपिबहादुर अछामी,पिइएनका १ नम्बर प्रदेश इन्चार्ज डा.भेषराज थापा नेकपा मोरङ अध्यक्ष ऋषिकेस पोख्रेल ,सचिव सुशील उप्रेती आतिथ्य रहेको थियो । भेलामा प्रदेश नम्बर १ को १४ वटा जिल्लाबाट २ सय पचास भन्दा बढि इन्जिनियरहरु सहभागी भएका थिए ।

समृद्धि नेपाल सुखी नेपाली को अवधारणालाई आत्मसात गर्दै इन्जिनियरहरुको हक हितमा सदैब लागी पर्ने नव गठित कमिटीको उपाध्यक्ष इ.प्रदीप नेपालले बताए । पुर्व एमाले र माओवादी पार्टी एकता भएपछि इन्जिनियरहरुको प्रदेश नम्बर १को पहिलो कमिटी बनेको हो ।

received_2308737686091012 (1)