मोरङ । मोरङ्को पथरी शनिश्चरे नगरपालिका-४ नम्बर वडाको बिकासमा साढे तीन करोड लगानि भएको बार्षिक प्रगति प्रतिबेदनमा उल्लेख छ ।
गत आर्थिक बर्षमा वडा, नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारबाट ३ करोड ३६ लाख खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।
वडा अध्यक्ष गोबिन्द बहादुर भण्डारीले आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न स्थानबाट वडामा परेको बजेट र खर्च विवरण प्रस्तुत गरेका छन ।
जसमा वडा सिलिङबाट एक करोड, नगरपालिकाबाट ५२ लाख ५० हजार, १ नम्बर प्रदेशबाट एक करोड ७४ लाख, संघ सरकार र सांसद बिकास कोषबाट ६३ लाख बजेट परेर शीर्षक अनुसार खर्च भएको प्रस्तुत प्रगति विवरणमा उल्लेख छ ।

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद, लक्षित कार्यक्रमको छुट्टाछुट्टै खर्च प्रस्तुत गरेका छन ।
कोरोणा भाइरसको कारण भएको लकडाउन प्रभावित ६२७ र बैशाखमा आएको हावा हुण्डरी पीडित १६ परिवारलाई राहत बितरण भएको अध्यक्ष भण्डारीले बताए ।

फुसको छानो हटाउने अभियान स्वरुप नौ र हुण्डरी पीडितलाई छानो लगाउन टीन उपलब्ध गराएको छ । प्रगती प्रतिबेदनमा आर्थिक बर्ष २०७७/०७८ को लागि ७५ लाखको वडा सिलिङ बजेटको अनुमानित खर्च विवरण समेत उल्लेख छ ।

वडामा १९ सय ७६ परिवारमा १० जहार २४५ जनसंख्यामा ६० प्रतिशत सुकुम्बासी रहेको र सबै खाले सुकुम्बासीको लागि धनिपुर्जा दिलाउन प्रयास भइरहेको अध्यक्ष भण्डारीले बताए ।
बार्षिक प्रगति विवरण प्रस्तुत कार्यक्रममा खड्ग सुस्लिङ मगार, तुलशा दर्जी, अमरबहादुर बराइली, दिलु मगर, सचिव ललिता लावती सहभागी रहेका थिए ।