बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको खबर सुनेर उनका फ्यानहरु निकै दुखि भएका थिए र उनीहरु छिट्टै संजयलाई स्वस्थ भएको हेर्न चाहन्छन् ।
यस समयमा संजय दत्तको परिवारबाट सानो प्रतिक्रिया आएको छ। संजयकी पत्नी मान्यता दत्तले केहि दिनपछि आफ्नो मौनता तोडेकी छिन्।
मान्यताले आफ्नो सोशल मिडिया इन्स्टाग्राममा आफ्नो एक तस्विर राख्दै भावुक पोस्ट शेयर गरेकी छिन् जसमा उनको पिडा झल्किएको छ, जुन स्वभाविक पनि रहेको छ।
तस्विरमा मान्यता पिङ्क कलरको अपसोल्जर टिसर्टमा देखिएकी छिन्। मान्यताले आफ्नो यस पोस्टमा लेखेकी छिन्, ‘कहिले-काही तपाई चुप रहन पर्छ, किनकि कहिले पनि कुनै शब्दले यो बयान गर्न सक्दैन कि तपाइको दिमाग र मनमा के चलिरहेको छ।’