काठमाडौं,२७ मंसिर । गएराती कलंकीमा भएको ट्रक दुर्घटनामा मृतकको संख्या ३ पुगेको छ । थानकोटबाट कलंकी आउँदै गरेको मालबाहक ट्रक ब्रेक फेल हुँदा भउको दुर्घटनामा अहिले दुर्घटनाग्रस्त ट्रक निकाल्ने क्रममा किचिएको अवस्थामा थप एकजनाको शव फेला परेको हो । उनको शव फेला परेसंगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ । उता फेला परेको व्यक्तिको पहिचान भने खुलेको छैन ।

131002483_438571227171630_5797418230584837714_n

गएराती प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक ब्रेक फेला हुँदा घरभित्र छिरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार ट्रकले किच्दा ओखलढुंगा घर भएका ३० वर्षीय शंकर परियारको घटनास्थलमै र रञ्जित कुमार चौधरीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

ट्रक अन्य सवारीमा ठोक्किँदै घरभित्र छिर्दा ट्रकमुनि मान्छे परेको हुनसक्ने समेत प्रहरीको अनुमान छ । त्यस्तै ट्रकको ठक्करबाट घरको वाल भत्किएको कारण अन्य मान्छे पनि पुरिएको हुनसक्ने प्रहरीको आशंका छ ।

अहिले ट्रक निकाल्ने काम भइरहेको महानगरीय ट्राफिक प्रभाग कलंकीका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए ।